राजनीति


अध्यक्ष नेपालको चेतावनीः पार्टीप्रति नकारात्मकता फैलाउनेलाई छुट दिन सकिँदैन

अध्यक्ष नेपालको चेतावनीः पार्टीप्रति नकारात्मकता फैलाउनेलाई छुट दिन सकिँदैन

नेपालखबर
भदौ ९, २०८२ सोमबार १४:५७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

उनले कम्युनिष्ट पार्टीभित्र मात्र नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरूको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गरे। 

उनले भने, ‘चुनौतीबाट आत्तिनुपर्ने, संकटबाट तर्सिनुपर्ने कुनै आवश्यकता छैन। संकटकहिले आएन? चुनौती कहिले थिएन? चुनौती र संकटहरुलाई पन्छ्याउँदै हामीअगाडि बढिरहेका छौं। त्यसकारण चुनौती र संकटको सामना गर्ने आँटका साथ अगाडि बढाउनुपर्छ।’ 

राजनीतिक संकट र चुनौतीहरूको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरूले सार्वजनिक कार्यक्रमहरूबाट आम नागरिक र कार्यकर्तामा सकारात्मकसन्देश दिनुपर्नेमा उनको जोड छ। 

उनले पार्टीका आन्तरिक समस्याका विषयहरूलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने बताए। 

अध्यक्ष नेपालले पार्टी संगठन निर्माणलाई तिव्रता दिनका निम्ति जिम्मेवारी पाएका नेताहरूको कार्यसम्पादनको प्रभावकारी अनुगमन आवश्यक रहेको पनि बताए।
पार्टीको पक्षमा दृढता साथ बोल्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए। 

अध्यक्ष नेपालले पार्टीसिद्धान्तमा आँच आउने काम गर्ने कसैलाई पनि छुट दिन नसकिने चेतावनी समेत दिए।पार्टीप्रति नकारात्मकता फैलाएर पार्टीलाई सिध्याउन खोज्ने प्रवृत्तिलाई कुनैपनि हालतमा छुट दिन नसकिने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad