समाज


दार्चुलाको छाङ्गरु र तिंकर जोड्ने तीनवटा काठेपुल बाढीले बगायो

दार्चुलाको छाङ्गरु र तिंकर जोड्ने तीनवटा काठेपुल बाढीले बगायो

तिंकर।


नेपालखबर
साउन २९, २०८२ बिहिबार ११:३९, काठमाडौँ

दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुस्थित नाम्पा र तिंकर खोलामा आएको बाढीले तीन वटा काठे पुल बगाएको छ। बाढीले छाङ्गरु र तिंकर जोड्ने तीन वटा काठेपुल बगाउनुको साथै पैदल यात्रा गर्ने गोरेटो बाटो समेत कटान गरेको छ।

खाने पानीको पाइप समेत बगाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्गरुबाट सशस्त्र प्रहरी नायव उपरीक्षकको कमान्डमा टोली परिचालन भएको छ।

सञ्चार सम्पर्क नभएका कारण थप विवरण प्राप्त हुन नसकेको पनि डीएसपी थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad