ग्लोबल


पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसमा भारतलक्षित ‘आर्मी रकेट फोर्स कमान्ड’ घोषणा

सहबाज सरिफले गरे डोनाल्ड ट्रम्पको प्रंशसा
पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसमा भारतलक्षित ‘आर्मी रकेट फोर्स कमान्ड’ घोषणा

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ


नेपालखबर
साउन २९, २०८२ बिहिबार ११:४५, काठमाडौँ

पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री सहबाज सरिफले नयाँ आर्मी रकेट फोर्स कमान्ड गठन घोषणा गरेका छन्।

बीबीसी उर्दूका अनुसार, प्रधानमन्त्री सरिफले इस्लामाबादको जिन्नाह ग्राउन्डमा आयोजित समारोहमा भने, ‘अत्याधुनिक प्रविधिले सुसज्जित यो बलले हरेक दिशाबाट शत्रुलाई निशाना बनाउन सक्षम हुनेछ।’

‘यो बल हाम्रो परम्परागत युद्ध क्षमतालाई अझ बलियो बनाउन अर्को कोसेढुंगा बन्ने छ।’

यस अवसरमा सहबाज सरिफले पाकिस्तानको आणविक शक्ति आक्रामक मानसिकताका लागि नभई भारतको आणविक क्षमताविरुद्ध रक्षापंक्ति बलियो बनाउन विकास गरिएको पनि बताए।

'ट्रम्पले कश्मीर समस्या समाधान गर्न भूमिका खेल्नेछन्'

सहबाज सरिफले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कृतज्ञता व्यक्त गर्दै पाकिस्तान-भारतबीच युद्धविराम गर्न ‘सकारात्मक भूमिका’ खेलेको दाबी गरे।

उनले ट्रम्पले संयुक्त राष्ट्र संघको प्रस्ताव र क्षेत्रमा दिगो शान्तिको मागअनुसार कश्मीर समस्या समाधान गर्न योगदान गर्ने आशा पनि व्यक्त गरे। 

सहबाज सरिफले भने, ‘जबसम्म प्यालेस्टिनी र कश्मीरीहरूले आफ्नो अधिकार प्राप्त गर्दैनन्, पाकिस्तानले नैतिक, कूटनीतिक र राजनीतिक समर्थन प्रदान गरिरहनेछ।’

भारतले भने पाकिस्तानसँगको युद्धविराममा ट्रम्पको कुनै भूमिका नभएको दाबी गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad