सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष विष्णुलाल चौधरीको गए राति निधन भएको छ। लामो समयदेखि पित्तथैलीको क्यान्सर (अर्बुदरोग)को आशंकामा उपचार गराइरहेका चौधरीको ५५ वर्षको उमेरमा निधन भएको हो।
उनी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए। कांग्रेसका पूर्व जिल्ला सदस्य उनको आज इटहरीको बूढीगंगा मुक्तिघाटमा हिन्दू परम्परानुसार दाहसंस्कार गरिएको कांग्रेसका सुनसरी सचिव केदार भण्डारीले बताए।
कांग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ मा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, संघीय सांसद सीताराम मेहता, नेता मणिराम श्रेष्ठलगायतले पार्टीको झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए। रासस
प्रतिक्रिया