थे योङ हो दक्षिण कोरियाको राष्ट्रिय सभामा निर्वाचिन भएका हुन्। बुधबार कोरोनाको प्रकोपबीच दक्षिण कोरियामा निर्वाचन भएको थियो।
दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टी डमोक्र्याटिक पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गर्यो।
राष्ट्रपति मुन जे–इनको डेमोक्र्याटिक पार्टीले राष्ट्रिय सभामा पूर्ण बहुमत हासिल गरेको हो।
ग्यांग्नम जिल्लाबाट चुनावमा उठेका थे योङ होले भने विपक्षी दल युनाइटेड फ्युचर पार्टीबाट जित हासिल गरेका हुन्।
थे योङ हो बेलायतका लागि पूर्व उत्तर कोरियाली राजदूत हुन्। उनी सन् २०१६ मा दक्षिण कोरिया भागेका थिए।
थे योङ हो उत्तरबाट भागेर दक्षिण कोरियाको संसदमा निर्वाचिन हुने पहिलो व्यक्ति बनेका छन्। एजेन्सी
प्रतिक्रिया