अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले चीनमा बजार विस्तार सुरु गरेको छ। टेस्लाले बिहीबार चीनमा पहिलोपटक अनलाइन फ्लागसिप स्टोर खोलेको हो।
कम्पनीले केही समयअघि मात्रै चिनियाँ बजारमा मोडल ३ का गाडी ल्याउने घोषणा गरेको थियो।
टीमल डट कम नामक अनलाइनमार्फत नै ग्राहकले अटो पार्टस्, चार्जिङ सर्भिस लगायत टेस्ट ड्राइभको लागि पनि बुकिङ गर्न सकिने बताइएको छ।
चाइना प्यासेन्जर कार एसोसिएसनका अनुसार सिलिकन भ्याली अटोमेकरले १० हजार बढी विद्युतीय गाडी चीनमा डेलिभर गरेको थियो । जसमा टेस्लाको मात्रै ३० प्रतिशत विद्युतीय कार रहेको बताइएको छ।
टेस्लाले २०२० को जनवरीमा २ हजार ६ सय २० र फ्रेब्ररीमा ३ हजार ९ सय विद्युतीय कार बिक्री गरेको बताएको छ।
टेस्लाले चीन सरकारसँग विशेष अनुमति लिएर २०१९ मा विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी खडा गरेको थियो।
कम्पनीले अहिले चीनको प्लान्टमा मोडल ३ बनाउने काम गरिरहेको छ भने मोडल वाई पनि बनाउने योजना बनाएको छ।
कम्पनीले चीनमा मात्रै वार्षिक १ लाख ५० हजार विद्युतिय कार उत्पादजन गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया