समाज


पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा हुरी पनि आउने अनुमान
पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

नेपालखबर
साउन ११, २०८२ आइतबार ६:२१, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति हुन सम्भावित वर्षाबारे जानकारी दिएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना छ।

आज रातमा: कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad