संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ।
आइतबार दिउँसो सवा १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने ‘पर्यटन विधेयक, २०८१’माथि दफाबार छलफलका लागि निर्णय गर्ने कार्यसूची छ।
यसैबीच आज पाँचवटा संसदीय समितिको पनि बैठक बस्दैछ।
अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्न लागेको हो।
27
Shares

प्रतिक्रिया