पञ्जाव राज्यमा आइतबार बिहानै भएको आक्रमणका क्रममा अन्य ६ प्रहरी गम्भीर घाइते भएको सीएनएनले जनाएको छ।
लकडाउनको समयमा प्रहरीमाथि आक्रमण भएको हो। प्रहरीहरु लकडाउनको पालना गरे नगरेको निगरानी गर्न सडकमा खटेका थिए।
असिसटेन्ट सब इन्स्पेक्टर हर्जित सिंहको हात छिनिएको थियो। आठ घण्टाको सर्जरीपछि उनको हात जोडिएको जनाइएको छ।
पतैला जिल्लामा प्रहरीले ७ जना सवार रहेको सवारीलाई रोकेका थिए। उनीहरु सिख समुदायको भएको बताइएको छ।
पतैला जिल्लाको तरकारी बजारमा उनीहरु सवार रहेको गाडी प्रहरीले रोकेर सवारी पास मागेका थिए। त्यसपछि नै एक जनाले तरबार झिकेर अन्धाधुन्ध प्रहार गरेको प्रहरीले बताएको छ।
हाल ती आक्रमणकारीको खोजी भइरहेको छ। कोरोनाको त्रासपछि भारत लकडाउन गरिएको छ। हालसम्म भारतमा ९ हजार २४० कोरोना संक्रमित पुष्टि भएका छन्।
त्यहाँ ३ सय ३१ जनाको मृत्यु भइसको छ।

प्रतिक्रिया