हिमालय एयरलाइन्सले कोरोना भाइरसविरुद्ध लड्न १ करोड रुपैयाँ सहयोग गरेको छ। विश्वव्यापी महामारी बनेको कोरोना भइरस रोकथामाको लागि सहयोग गरेको कम्पनीले बताएको छ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड सहयोग गरेको हो। नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई चेक हस्तान्तरण गरेका हुन्।
मन्त्रालयले उक्त रकम कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा जम्मा गरिएको जनाएको छ।

प्रतिक्रिया