हालसम्म १ लाख १४ हजार २८० को कोरोनाका कारण मृत्यु भइसक्दा ४ लाख २७ हजार ८७१ जना उपचारपछि स्वस्थ बनेका छन्।
पछिल्लो समय कोरोनाको उत्पत्तिस्थल चीन कोरोना नियन्त्रण गर्न सफल देखिएको छ। जसको विश्व स्वास्थ्य संगठनले खुलेर प्रशंसा गरेको छ।
हाल चीनको वुहान शहर जहाँ पहिलोपटक कोरोना देखिएको थियो उक्त शहरमा लगाइएको लकडाउन पनि खुला गरिएको छ।
यतिबेला चीनको अवस्था सामान्य बन्दै जाँदा अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्याण्ड्स, स्वीजल्याण्ड लगायतका विकसित मुलुकमा कोरोनाको प्रभाव बढ्दै गएको छ।
कोरोनाको उत्पत्तिस्थल चीनभन्दा बढी प्रभावित देश
१. अमेरिकाः ५ लाख ६० हजार ४३३ संक्रमित, २२ हजार ११५ को मृत्यु, ३२ हजार ६३४ उपचारपछि स्वस्थ
२. स्पेनः १ लाख ६६ हजार ८३१ संक्रमित, १७ हजार २०९ को मृत्यु, ६२ हजार ३९१ उपचारपछि स्वस्थ
३. इटलीः १ लाख ५६ हाजर ३६३ संक्रमित, १९ हजार ८९९ को मृत्यु, ३४ हजार २११ उपचारपछि स्वस्थ
४. फ्रान्सः १ लाख ३२ हजार ५९१ संक्रमित, १४ हजार ३९३ को मृत्यु, २७ हजार १८६ उपचारपछि स्वस्थ
५. जर्मनीः १ लाख २७ हजार ८५४ संक्रमित, ३ हजार २२ को मृत्यु, ६४ हजार ३ सय उपचारपछि स्वस्थ
६. बेलायतः ८४ हजार २७९ संक्रमित, १० हजार ६१२ को मृत्यु

प्रतिक्रिया