समाज


त्रिवि शिक्षण अस्पताललाई ईएचएस भवन हस्तान्तरण, ओपीडी समयपछिको सेवा पाइने

त्रिवि शिक्षण अस्पताललाई ईएचएस भवन हस्तान्तरण, ओपीडी समयपछिको सेवा पाइने

तस्बिरः प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
असार ३०, २०८२ सोमबार १३:२१, काठमाडौँ

भाटभाटेनी सुपर मार्केटले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निर्माण गरेको अतिरिक्त सेवा (ईएचएस) भवनको हस्तान्तरण भएको छ।

अस्पतालको ४३ औँ वार्षिकोत्सवको अवसर पारेर सामेबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भवन हस्तान्तरण भएको हो। भाटभाटेनीले ९ करोड ५० लाख लागतमा यो भवन निर्माण गरेको हो। 

भाट्भाटेनीका सञ्चालक मीनबहादुर गुरुङले अस्पतालको मागअनुसार अतिरिक्त सेवा दिन भवन निर्माण गरेको बताए। 

‘२०६८ सालमा आकस्मिक कक्ष राख्ने भवन आवश्यक परेकाले १० करोडको लागतमा निर्माण गरेका थियौँ,’ उनले भने, ‘अस्पताललाई थप सेवा दिन भवन चाहिएको रहेछ। पुनः नयाँ भवन निर्माण गरेर आज हस्तान्तरण गरेका छौँ।’

अस्पताले सो भवनबाट अतिरिक्त शुल्क बुझाएर दिन मिल्ने (पेइङ) सेवा सञ्चालनमा ल्याउनेछ। बिरामीले अतिरिक्त शुल्क तिरेर अस्पताल समयभन्दा पछि सजिलैसँग यो सेवा पाउनेछन्।

अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले अस्पताल समयभन्दा पछि ओपीडी सेवादेखि परीक्षणसम्मका सेवा भवनबाट सञ्चालनमा ल्याउने बताए।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको भवन निर्माण गरेर थप सहयोग गरेको भन्दै भाटभाटेनीलाई धन्यवाद दिए। 

अस्पताल र उपचारको विस्तार हुँदा पनि बिरामी पर्ने दरमा कमी नआएको भन्दै प्रधानमन्त्री ओलीले निरोगी बनाउने अभियानमा लाग्नुपर्ने बताए। 

कार्यक्रममा प्रधानमन्त्रीले चिकित्सकलाई पनि आफनो ख्याल राख्न आग्रह गरेका थिए। ‘बिरामीको उपचार गर्दा आफना शरीरको पनि ख्याल राख्नुहोला’, उनको भनाइ थियो, ‘त्यसका लागि योग गर्न सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad