राजनीति


संसद्‌मा राजेन्द्र लिङ्देनको प्रश्न: कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग?

संसद्‌मा राजेन्द्र लिङ्देनको प्रश्न: कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग?

नेपालखबर
असार ३०, २०८२ सोमबार १३:२३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मन्त्रीहरू लेनदेनमा मुछिएको विषय उठाउँदै सुशासन आयोगबारे प्रश्न गरेका हुन्।  

'कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग? जनताले देशले खोजिरहेको छ। मन्त्रीहरू एकपछि अर्को लेनदेन कान्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको छ,' उनले भने, 'नैतिकता छ भने मन्त्रीको राजीनामा आउने पर्ने, बर्खास्त हुनुपर्ने होकि होइन?' 

एमाले-कांग्रेस दुई दल राजावादीलाई तह लगायौँ भनेर भ्रष्टाचारमा लागेको उनको आरोप छ। 
'राजावादीलाई तह लगायौँ भनेको त छट्टुस्यालको कथा पो रहेछ। चिल आयो आयो भनेर तल चल्ला टिप्ने। जनताको ध्यान एक तिर लैजाने दुई पार्टी मिलेर लुट्ने' उनले भने।  

यसबारे राप्रपाले सदन र सडकबाट प्रतिवाद गर्ने पनि उनको भनाइ छ। 

त्यस्तै उनले सदनमा राप्रपा र रास्वपाले गरिरहेको विरोधलाई गलत व्याख्या गरिएको भन्दै आपत्ति जनाए। उनले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए।  

'भिजिट भिसा प्रकरणमा दुई दलले गरेको विरोधलाई गलत व्याख्या नगरियोस्। संसद्को इतिहासमा यो कालो समय हो,' उनले भने, 'दुई दलले विरोध गरिरहँदा संसद् चलाइएको छ। यो सभामुखको कार्यकालको कालो समयमा उल्लेख भएको छ। सभामुखले पहल र छलफल गर्नुपर्‍यो। प्रतिपक्षी दलको आवाजलाई सम्बोधन गर्नका लागि।'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad