ad ad

समाज


कोरोना संक्रमित चार लाखभन्दा बढी उपचारपछि स्वस्थ

कोरोना संक्रमित चार लाखभन्दा बढी उपचारपछि स्वस्थ

नेपालखबर
चैत ३०, २०७६ आइतबार ७:१८,

आइतबारसम्मको तथ्यांकअनुसार कोरोना भाइरसका कारण हालसम्म १७ लाख ८१ हजार ३८३ जना संक्रमित बनेका छन्।

यस भाइरसका कारण एक लाख ८ हजार ८६४ जनाको मृत्यु भइसकेको छ।

विश्वभर कोरोना संक्रमित र मृतक संख्या बढ्दै जाँदा कोरोना संक्रमित उपचारपछि स्वस्थ बन्ने क्रम पनि जारी छ।

हालसम्म ४ लाख ४ हजार ५६९ जना उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाले सबैभन्दा बढी प्रभावित अमेरिकामा ३० हजार ५०२ उपचारपछि स्वस्थ बनेका छन्। कोरोनाको उत्पत्तिस्थल चीनमा हालसम्म ७७ हजार ५७५ उपचारपछि स्वस्थ बनेका छन्।

यस्तै स्पेनमा ५९ हजार १०९, जर्मनीमा ५७ हजार ४००, इरानमा ४१ हजार ९४७, इटलीमा ३२ हजार ५३४, फ्रान्समा २६ हजार ३९१ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .