स्मार्टफोन कम्पनी शाओमीले लकडाउनमा अप्ठ्यारो जीवन जिइरहेका दैनिक ज्यालादारी गर्ने, श्रमिक, अनाथ र वृद्धाश्रममा खाद्यान्न र आवश्यक सामग्री वितरण गरेको छ।
यस परिस्थितिमा सुरक्षित रहेर सहयोग गर्नुपर्ने आवश्यकताअनुसार उक्त राहत वितरण गरेको कम्पनीले जनाएको छ।
समस्याको समयमा एकता चम्किने भन्दै कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘हामी शाओमी परिवारका मी फ्यानहरु, पार्टनर र कर्मचारीहरुलाई आफुले गर्न सम्भव हरेक तरिकाले सहयोग गर्न अनुरोध गर्दछौं । हामीलाई सुरक्षित राख्ने नायकहरुलाई पनि आभार प्रकट गर्दछौं ।’
प्रतिक्रिया