काभ्रेमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मंगलबार साँझ साढे ७ बजे नमोबुद्ध नगरपालिका २ सेल्फीडाँडास्थित वीपी राजमार्गमा नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको बा ४ ख ७१ नम्बरको सगुन बिद्या मन्दिरको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।
बिपरित दिशाबाट आउँदै गरेको बा ७१ प ६८८० नम्बरको मोटरसाइकलमा सवार नमोबुद्ध नगरपालिका २ का २३ वर्षीय पासाङ तामाङ र मोटरसाइकलको पछाडी सवार सोही ठाउँका २२ वर्षीय विजय तामाङको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा राति ८ः३५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
2.5k
Shares

प्रतिक्रिया