ad ad

समाज


कोरोना : प्रदेश २ मा १५९ परीक्षण, ४६ को रिपोर्ट आउँन बाँकी

कोरोना : प्रदेश २ मा १५९ परीक्षण, ४६ को रिपोर्ट आउँन बाँकी

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ३:२१,

प्रदेश २ मा कोरोना भाइरसको नमूना जाँच गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ (कोरोना संक्रमण नभएको) आएको छ।

कोभिड-१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नमूना लिइएकामध्ये ४६ जनाको नतिजा आउन बाँकी रहेको बताए।

प्रदेश २ मा भारत र अन्य मुलुकबाट घर फर्केकालाई लक्षित गरी आठवटै जिल्लामा क्वारेन्टाइन सञ्चालन गरिएको छ। अहिलेसम्म १४५ केन्द्रमा सञ्चालित क्वारेन्टाइनमा तीन हजार २३६ बेड संख्या रहेको सचिव घिमिरेले जानकारी दिए।

‘हामीकहाँ १४५ केन्द्रमा तीन हजार २३६ क्वारेन्टाइन शय्या छन्, जसमा ९०० जना बस्दै आएका छन्,’ घिमिरेले भने, ‘त्यसैगरी आइसोलेसा क्षमता हामीसँग २०८ तयार छ, यिनमा २६ जना बसेका छन्।’

प्रादेशिक अस्पताल जनकपुरधाममा स्वाब परीक्षण सुरु भएपछि जाँच गर्नेको सङ्ख्या बढ्दै जाने मन्त्रालयले जनाएको छ। प्रदेशभित्र सञ्चालित सबै क्वारेन्टाइन केन्द्रमा आवश्यक स्वास्थ्यकर्मी, औषधि, उपकरण र स्वास्थ्य सुरक्षा प्रबन्ध बढाउँदै लगिएको सचिव घिमिरेको भनाइ छ।

भारतको बिहार प्रदेशसँग सीमा जोडिएका प्रदेश २ का आठवटै जिल्लाका सीमा क्षेत्रमा कडा निगरानी हुँदै आएको मन्त्रालयले जनाएको छ।

भारतबाट भित्रिएकाहरु प्रारम्भिक स्वास्थ्य जाँचपछि घरमै क्वारेन्टाइनमा बस्दै आएका छन्। सम्पर्कमा नआएकाहरुको सोधखोज गरिने घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .