समाज


कर्णाली प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की, चिकित्सकद्वारा सुरक्षाको माग

कर्णाली प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की, चिकित्सकद्वारा सुरक्षाको माग

नेपालखबर
असार १०, २०८३ बुधबार १८:१६, काठमाडौँ

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन्। 

बुधबार चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रतिष्ठानका प्रशासन प्रमुखलाई निवेदन दिएर सुरक्षाको माग गरेका हुन्। उनीहरूका अनुसार, बुधबार मध्याह्न १२ बजे मदिरा सेवन गरेर आएका चन्दननाथ नगरपालिका–३ का ३० वर्षीय लवबहादुर सेजुवालले ज्यान मार्ने धम्की दिएका हुन्। 

उनले आकस्मिक कक्षमा आएर ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अश्लिल र अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको स्वास्थ्यकर्मीले बताए। सेजुवालले ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की समेत दिएको उनीहरूले बताएका छन्।

यसअघि जेठ २८ गते राति ११ बजे पनि धम्क्याएका थिए। मदिरा सेवन गरेर आएका उनले ड्युटीमा रहेका चिकित्सक र स्वास्थ्यकमीलाई गालीगलौज गरेका थिए। 

फेरि आज पनि त्यही प्रकारको व्यवहार गरेकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले कारबाहीको माग गरेका छन्। उनीहरूले सेजवाललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग पनि माग गरेका छन्। 

यससँगै चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षाको पनि माग गरेका छन्। ‘यस प्रकारका घटना पुनः दोहोरिन नदिन सम्बन्धित व्यक्तिमाथि आवश्यक छानबिन गरी प्रचलित कानुन बमोजिम कारबाही गरिदिनहुन तथा स्वास्थ्यकमीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दर्छौं,’ स्वास्थ्यकर्मीले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad