ad ad

राजनीति


कोरोना उपचारमा काम लाग्ने भन्दै ट्रम्पले मागेपछि भारतले गर्‍याे एचसीक्यू निर्यात खुला

कोरोना उपचारमा काम लाग्ने भन्दै ट्रम्पले मागेपछि भारतले गर्‍याे एचसीक्यू निर्यात खुला

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ३:२९,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) संक्रमितका लागि सम्भावित औषधि हुने भन्दै माग गरेपछि अन्ततः भारतले हाइड्रोक्सिक्लोरोक्विन (एचसीक्यू) निर्यात खुला गरेको छ।

एचसीक्यू, मलेरिया रोक्ने औषधि हो। साथै यो रुमेटाइड गठिया र ल्युपसजस्ता रोगको उपचारमा पनि प्रयोग गरिन्छ। भारतमा हरेक दिन हजारौं मानिसले यो औषधि लिन्छन्।

हालै भारतले यो औषधि निर्यात बन्द गरेको थियो।

यो औषधि कोभिड-१९ को उपचारका लागि पनि प्रभावकारी हुन्छ भन्ने कुनै प्रमाण छैन।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले यो औषधिले कोरोनाविरुद्ध पनि प्रभावकारी हुने भन्दै माग गरेपछि गरेपछि भारतले मंगलबार पुनः निर्यात गर्ने निर्णय गरेको हो।

तर भारतीय सरकारको यो निर्णयले भारतीय जनता भने चिन्तामा परेका छन्। उनीहरूले यो औषधि पसलहरूबाट धमाधम गायब हुन थालेको बताएको बीबीसी हिन्दीले जनाएको छ।

तर भारतको स्वास्थ्य विभागले भन्यो यो औषधि देशभित्र प्रयोगका लागि पर्याप्त मात्रामा उपलब्ध भएकाले चिन्ता नगर्न आग्रह गरेको छ।

भारत विश्वमै हाइड्रॉक्सीक्लोरोक्विनको सबैभन्दा ठूलो उत्पादक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .