ad ad

समाज


कोरोनाबाट विश्वभर नौ नेपालीको मृत्यु, ओमानका नेपाली सुरक्षित

कोरोनाबाट विश्वभर नौ नेपालीको मृत्यु, ओमानका नेपाली सुरक्षित

नेपालखबर
चैत २८, २०७६ शुक्रबार २:५०,

कोभिड-१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन्। मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ।

कोरोना भाइरसबाट अहिलसम्म ओमानमा ४५७ सङ्क्रमित भएका छन्। संक्रमितमध्ये दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन्।

कोरोनाबाट विश्वका विभिन्न मुलुकमा गरी नौ नेपालीको ज्यान गइसकेको छ। एक सय भन्दा बढी नेपाली कोरोनाको सङ्क्रमणको चपेटामा परेका छन्।

यही चैत २८ देखि आगामी वैशाख १२ गतेसम्म ओमान सरकारले लकडाउन गर्ने तयारी गरेको भन्दै दूतावासले उक्त समयमा अत्यावश्यकबाहेक कुनै पनि काममा घर बाहिर ननिस्कन त्यहाँका सबै नेपालीमा आग्रह गरेको छ।

ओमानमा रहेका तथा बिदामा नेपाल आएका नेपालीको भिसाको म्याद समाप्त भए अनलाइनबाट भिसा थप गर्ने व्यवस्था मिलाएको दूतावासले जनाएको छ।

बहराइनमा कोरोना सङ्क्रमितको सङ्ख्यामा बढेसँगै मनमास्थित नेपाली दूतावासबाट प्रदान हुँदै आएको कन्सुलर सेवा तत्कालका लागि स्थगन गरिएको छ। दूतावासले बिहीबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि कन्सुलर सेवा स्थगन गरिएको जनाएको हो।

अत्यावश्यक अवस्थामा कन्सुलर सेवा लिन परेमा दूतावाससँग समय लिई एक जनामात्र उपस्थित भएर सेवा लिन सकिने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .