समाज


पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

नेपालखबर
असार २, २०८२ सोमबार १७:२६, काठमाडौँ

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट अनुमति लिएको अवस्थामा उच्च अदालतले तत्काल उनलाई पक्राउ नगर्न भनेको हो।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले तत्काल उनलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै भन्दै थप छलफलका लागि सरकारी पक्षलाई पनि झिकाएको छ।

प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेपछि पाठकका तर्फबाट उनकी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन्।

उनका पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, दिनेशमणि त्रिपाठी, डा भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोषबाबु सिग्देललगायतले बहस गरेका थिए।

अहिले राज्य प्रेस र आलोचकप्रति अनुदार रूपमा प्रस्तुत भइरहेको र साइबर कानुनको गलत प्रयोग पनि गरिरहेको भन्दै पत्रकारमाथिको धरपकड रोकिनुपर्ने माग उनीहरूले इजलासमा गरेका थिए। राज्यशक्तिमा भएका व्यक्तिहरूले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउन खोजेको अवस्थामा अदालतले संवैधानिक हक संरक्षणका लागि भूमिका खेल्नुपर्ने उनीहरूको जिकिर थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad