अर्थमन्त्री विष्णु पौडेललाई संघीय सरकारले ३ करोडभन्दामुनिका आयोजनामा बजेट नछुट्याउने वाचा गरेको भए पनि त्यसो नगरेको भन्दै सफेद झुट बोलेको आरोप लागेको छ।
सोमबार आगामी २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा फेरि त्यस्तै झुट बोलेको आरोप माओवादीका सांसद शक्ति बस्नेतले लगाए।
उनले उदाहरण दिएरै सहरी विकास मन्त्रालयका ६ हजार भन्दा बढी आयोजनामध्य ५० प्रतिशत ३ करोडभन्दामुनिका रहेको किटान गर्दै अर्थमन्त्रीलाई त्यसको जवाफ दिन चुनौती दिए।
अनि अर्थमन्त्री पौडेल जवाफ दिन उपस्थित भए। संघीय सरकारले ३ करोडभन्दा कम लागतका आयोजनामा बजेट नदिने निर्णय गरेको स्वीकार गर्दै बस्नेतलाई चलाखीपूर्ण जवाफ दिए। प्रतिउत्तरमा बस्नेत मुस्कुराए मात्रै।
बस्नेतको प्रश्नः
अघि मान्यहरुले गतल कुरा बोल्नै भएको थियो रोष्टमबाट। अहिले अर्थमन्त्रीले त्यहाँ गएर अर्को सफेद झुट बोलिदिनुभयो। कुरा तीन करोडभन्दा तल वा माथिको हो।
मैले यो सहरी विकास मन्त्रालयकै हेर्दा यसमा ६ हजार ७ सय ४० भन्दा बढी योजनाहरु रहेछन्। करिब ५० प्रतिशतभन्दा बढी योजनाहरू एक रोडभन्दा तल १० लाखसम्मका छन्। एउटा मात्रै उदाहारण दिँऊ : खहरे– मनकोट–खोलागाउँ–साक्छाखोला सडक उन्नतीका लागि १० लाख छुट्याइएको रहेछ। यसलाई अर्थमन्त्रीले कसरी जस्फिाइ गर्नुहुन्छ?
अर्थमन्त्रीको जवाफः
चालु वर्षमा दायित्व सिर्जना भएको छ। तर, त्यो तीन करोड भन्दा कम छ भने पनि त्यो दायित्व त तिर्नुपर्यो। दायित्व भुक्तानी त गर्नुपर्यो नि।
दायित्व भुक्तानी प्रयोजनका निम्ति ३ करोड भन्दा कम भुक्तानी गर्नैपर्ने भयो।
योजना चालु अवस्थामा छ। आगामी आर्थिक वर्षमा पुरा हुन्छ, तर ३ करोडभन्दा कम खर्च गर्दा त्यो सम्पन्न हुन्छ।
त्यस्तो अवस्थामा पनि ३ करोडभन्दा कम बिनियोजन गरिने नै भयो।
त्यसैगरी विपद्पछिको पुनर्निर्माणमा कतिपय ठाउँमा ३ करोडभन्दा कम खर्च गरेर पनि पुनर्निर्माण गर्न सकिने अवस्था छ। त्यसमा पनि हामीले ३ करोडभन्दा कम खर्च गर्ने भयौँ।
Shares

प्रतिक्रिया