कोरोना भाइरसको उद्गमस्थल चीनको उहानमा अढाई (साढे २) महिनापछि लकडाउन (बन्दाबन्दी) खोलिएको छ।
चीनको हुबे प्रान्तमा पर्ने उहान सहरमा लगाइएको लकडाउन हटाएसँगै लकडाउन हटाइएसँगै जनवरी २३ तारिखदेखि कतै हिँडडुल गर्न नपाएका नागरिक अन्य स्थानमा आवतजावन गर्न पाएका छन्।
तर त्यसका लागि स्मार्टफोनमा रहेको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएको हुनुपर्छ।
अहिले उहानमा यातायातका सबै साधन सञ्चालन भएको बीबीसीले जनाएको छ।
साेमबार चीनमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु नभएपछि उहानको लकडाउन हटाइएको हो।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि चिनियाँ अधिकारीले उहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्ध लगाएका थिए।
१ करोड १० लाख मानिस बसोबास गर्ने उहानमा सबैजसो व्यापार-व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो।

प्रतिक्रिया