बाढी पूर्वानुमान महाशाखाले आज (आइतबार) देखि मनसुन थप सक्रिय बन्ने भएकाले विभिन्न खोला नदीमा बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार आउने तीन दिनसम्म प्रमुख नदीहरू कोसी, गण्डकी र कर्णालीमा बहाव सतर्कता तहभन्दा तलै रहनेछ तर बाँकी मझौला तथा ससाना नदी तथा उपजलाधारहरूमा बाढीको खतरा छ।
आज रातिपछि धेरै ससाना खोलानालाहरूमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया