समाज


एसईई पूरक परीक्षा मिति सर्‍यो (परिवर्तित तालिकासहित)

एसईई पूरक परीक्षा मिति सर्‍यो (परिवर्तित तालिकासहित)

नेपालखबर
असार २२, २०७६ आइतबार ५:३३,

एसईई पूरक परीक्षाको समय तालिका सरेको छ।

यसअघि साउन २६ र २७ गतेका लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

२०७५ चैतमा सम्पन्न कक्षा १० को परीक्षामा नियमित समूहबाट परीक्षा दिएर सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धिको लागि परीक्षामा सहभागी हुन सक्नेछन्।

तर दुई विषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका विद्यार्थी भने यो परीक्षामा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ।

ग्रेडवृद्धि परीक्षा फारम राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट www.neb.gov.np वा १० कक्षाको परीक्षा नियन्त्रण कार्यालयको वेभसाइट www.see.gov.np बाट डाउनलोड गर्न सकिनेछ । 

फारम डाउनलोड गरेर साउन १० गतेभित्र पाँच सय रुपैयाँ राजश्वसहित विद्यालयमार्फत प्रवेश पत्र तथा ग्रेड सिटको प्रतिलिपीसहित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्नेछ।

see photo xupde0zK3s

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad