ad ad

समाज


भारतबाट आएका १ सय ३६ जनाको कोरोना परीक्षण गरिने

भारतबाट आएका १ सय ३६ जनाको कोरोना परीक्षण गरिने

गोकुल जोशी
चैत २३, २०७६ आइतबार १२:८,

कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित लालझाडी गाउँपालिकाले भारतबाट आएकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिने भएको छ।

कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित संक्रमण रोकथामका लागि गाउँपालिकाले भारतबाट आएका एक सय ३६ जनामा भाइरस परीक्षण गरिने अध्यक्ष मदनसेन बडायकले जानकारी दिए।

‘भारतबाट फर्किएकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा हामी थप सचेत भएका छौँ, भारतबाट आएका सबैमा पालो–पालो मिलाएर कोरोना भाइरस परीक्षण गर्न लागिएको छ।’

गाउँपालिका अध्यक्ष बडायकले भने। सेती प्रादेशिक अस्पतालमा मात्रै कोरोना भाइरस संक्रमणको परीक्षण हुने भएकाले एम्बुलेन्समा राखेर पालैपालै भारतबाट फर्किएका गाउँबासीलाई परीक्षणका लागि त्यहाँ लगिने उनको भनाइ छ।

लालझाडी गाउँपालिकामा सुरक्षाकर्मी कम हुदा लकडाउनमा कडाई गर्न समस्या भएको अध्यक्ष बडायक बताउँछन्।

‘यहाँ सात जना मात्रै सुरक्षाकर्मी छन्, लकडाउन पालना गराउन हम्मे–हम्मे छ, सुरक्षाकर्मी थप गर्नका लागि आग्रह गरेका छौँ’ उनले भने।

भारतमा मजदुरी गरी आएकामध्ये १३ जना हाल क्वारेन्टिनमा रहेको छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .