समाज


देशैभर लागुऔषधको जालो, विभिन्न जिल्लाबाट २३ जना पक्राउ

देशैभर लागुऔषधको जालो, विभिन्न जिल्लाबाट २३ जना पक्राउ

नेपालखबर
असार २५, २०८३ बिहिबार १४:५८, काठमाडौँ

अवैध लागुऔषधसहित प्रहरीले एकैदिन २३ जनालाई पक्राउ गरेको छ। 

काठमाडौँसहित कास्की, कञ्चनपुर, कपिलवस्तु, पर्सा, ललितपुर, सुर्खेत, सर्लाही, बाँकेलगायत जिल्लाबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौँ महानगरपालिका-३२ नरेफाँट डेरा गरी बस्ने सिन्धुली घर भएकी ५० वर्षीया कोमल माया पाख्रिनलाई अवैध लागुऔषध गाँजा करिब २२ किलोग्राम र नगद ८ हजार ५ सय रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

यसैगरी काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम १५ मिलिग्राम सहित सोही ठाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-६ घर भएका ४२ वर्षीय नरेन्द्र कुमार थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका-१८ सेदिबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय हरि बहादुर घर्तीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ डेरा गरी बस्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका-१ मुसहरनिया टोल घर भएका २५ वर्षीय नविन कुमार यादवलाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १४ हजार ४ सय ६५ रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

कञ्चनपुर, भीमदत्त नगरपालिका-४ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ पिपलथला घर भएका २२ वर्षीय गोबिन्द बहादुर साउदलाई नियन्त्रित लागुऔषध डाईजेपाम २ एम्पुल, बुप्रेनोर्फिन ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित सोही ठाउँ बुधबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ भगतपुर बस्ने २२ वर्षीय कमल दमाई समेत २ जनालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले कमलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही नगरपालिका-५ सहजटोल बस्ने ४२ वर्षीय जगमन सिङ बुढा मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटा समेतबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ ह ११२७ नम्बरको इ- रिक्सामा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

साथै थप अनुसन्धानको क्रमममा प्रहरीले उनको घर तलासी गर्दा थप अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम समेत बरामद गरेको छ।

बर्दिया, बढैयाताल गाउँपालिका-८ नयाँबस्तीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय ३० मिलिग्राम सहित सुर्खेत गुर्भाकोट नगरपालिका-१४ गुमी बस्ने २४ वर्षीय बिरेन्द्र परियारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

पर्सा, वीरगंज महानगरपालिका-१९ तिलावे पुलबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित सोही महानगरपालिका-१२ मुर्ली बस्ने २२ वर्षीय विकास मिया मंसुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

ललितपुर, गोदावरी नगरपालिका-८ हात्तीगौंडाबाट अवैध लागुऔषध पोलेन जस्तो देखिने पदार्थ ४० ग्राम सहित काठमाडौं महानगरपालिका-१७ बस्ने २० वर्षीय आयुष पुजारी समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले बा.प्र ०२-०२० प १८८७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-१ बाट नियन्त्रित लागुऔषध ट्रामाडोल ४९ ट्याब्लेट र नाइट्राजेपाम ८ ट्याब्लेट सहित सोही नगरपालिका-१ इमाडोल बस्ने मकवानपुर घर भएका २६ वर्षीय बिकेश शाह समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

सिन्धुली, दुधौली नगरपालिका-११ माथिल्लो धनसरीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ १ ग्राम १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-९ खिरयानी बस्ने ३५ वर्षीय जित नारायण साहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले प्र.२-०१-००२ प ०२७५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुर्खेत, पञ्चपुरी नगरपालिका-११ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ तोक्मा बस्ने २९ वर्षीय निराजन चपाई र सोही नगरपालिका-२ पलैटे बस्ने ३० वर्षीय धनिराम रेग्मी रहेका छन्।

अस्थायी प्रहरी पोष्ट तातापानीबाट खटिएको प्रहरीले कैलालीबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००३ प ४०४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाँके, खजुरा गाउँपालिका-२ पुलचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सुनिल बुढाथोकी र २० वर्षीय बिजय सुनार
रहेका छन्।

प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने २२ वर्षीय कृष्णलाल जैसीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

साथै प्रहरीले उक्त स्थानबाट फरार रहेका कृष्णलाललाई खजुरा गाउँपालिका-५ खजुरा बजारबाट बुधबार राति पक्राउ गरेको छ।

सर्लाही, लालबन्दी नगरपालिका-१ नवलपुर गोरूबजारबाट नियन्त्रित लागुऔषध नाईट्राजेपाम २० ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय संजिव कुमार केसीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले बा.५२ प ३३०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

साथै थप अनुसन्धानको क्रममा उनले आफ्नै घर पछाडी खेतमा समेत लागुऔषध लुकाई छिपाई राखेको भन्ने खुल्न आएपश्चात प्रहरीले उक्त स्थानबाट नियन्त्रित लागुऔषध नाईट्राजेपाम २ सय १८ ट्याब्लेट र स्पास्मो १ सय ४४ ट्याब्लेट समेत बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad