काठमाडौँको त्रिपुरेश्वरस्थित राहादनी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका युवकको अवस्था गम्भीर रहेको छ।
बिहीबार दिउँसो पौने २ बजे त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नं. ३ मा मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएका हुन्। हाल भक्तपुरमा बस्दै आएका नेपालीलाई तत्कालै वीर अस्पताल पुर्याएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
प्रहरीका अनुसार, उनले राहदानी विभागको गेट अगाडि ‘नो पार्किङ’ क्षेत्रमा मोटरसाइकल राखेर गएका थिए। उनको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएको थियो।
त्यसपछि आएका उनले मोटरसाइकल भएकै स्थानमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।
शरीरका विभिन्न भागमा आगोले जलेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।
Shares

प्रतिक्रिया