ad ad

कला


पाचौं पटकको परीक्षणमा गायिका कनिकाको कोरोना रिपोर्ट नेगेटिभ

पाचौं पटकको परीक्षणमा गायिका कनिकाको कोरोना रिपोर्ट नेगेटिभ

नेपालखबर
चैत २३, २०७६ आइतबार १२:४,

कनिकामा यसअघिका लगातार चारपटकको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो।

पाँचौ परीक्षणमा भने उनमा कोरोनाको संक्रमण नदेखिएको एएनआईले जनाएको छ।

गत मार्च ९ मा बेलायतबाट फर्किएकी कनिका कपुरलाई कोरोनाको संक्रमण भएको थियो। कनिकाले त्यसबेला आफनो यात्राको विषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो।

उनले आफ्नो जन्मदिनमा धेरै पाहुनाहरु पनि बोलाएका थिए। जब कनिकामा कोरोनाको संक्रमण पुष्टि भयो तब उक्त खबरले भारतमा ठूलो चर्चा निम्त्याएको थियो।

्कनिकाको हाल लखनउको पीजीआई अस्पतालमा उपचार भइरहेको छ। कनिकाको पाँटौं रिपोर्ट नेगेटिभ आएपनि उनलाई तत्काल छाडिने छैन।

कोरोना संक्रमित भएका मानिसको रिपोर्ट दुई पटकसम्म लगातार नेगेटिभ आउनुपर्ने भएकाले हाल उनी अस्पतालमै छिन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .