ad ad

राजनीति


मन्त्री ढकाल भन्छन्: रोगबाट बाँचे पछि कुरा गरौंला, अहिले हिलो नछ्यापौं

मन्त्री ढकाल भन्छन्: रोगबाट बाँचे पछि कुरा गरौंला, अहिले हिलो नछ्यापौं

नेपालखबर
चैत २३, २०७६ आइतबार १२:१७,

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) बुझ्दै मन्त्री ढकालले यस्ता सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताए।

उनले सरकारले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिए। उनले भने, ‘कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पुर्याउँछ। सरकारले पनि मनोबल बढाउनका लागि विभिन्न काम गरेको छ।’

उनले सरकारले एम्बुलेन्स चलाउनेदेखि उपचार कक्षामा रहेर काम गर्ने स्वास्थ्यकर्मीसम्मको मनोबल बढाउन बीमा र भत्ताको व्यवस्था बताउँदै सुरक्षाको पनि उचित प्रबन्ध गरिएको जानकारी दिए। मन्त्री ढकालले स्वाथ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्री अभाव हुनै नदिने प्रतिबद्धता दोहोर्याए।

उनले लामो समयदेखि सत्तामा विभिन्न दल हुँदा पनि नभएको काम आफूले विषम परिस्थितिकै बीचमा गरेको बताए। मन्त्री ढकालले दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र सच्चालनमा ल्याइएको बताए।

मन्त्री ढकालले रोगबाट जोगिन सकियो र नेपाली जनतालाई पनि बचाउन सकियो भने बाँकी कुरा पछि गर्न सकिने भन्दै अहिले हिलो छ्याप्ने काम बन्द गर्न अनुरोध गरे।

एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय थान पीपीई हस्तान्तरण गरेको छ भने नेपाल भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान पीपीई हस्तान्तरण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .