समाज


हावाहुरीले ढालेको रुखले लागेर ३ जनाको मृत्यु, ७ घाइते

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर
हावाहुरीले ढालेको रुखले लागेर ३ जनाको मृत्यु, ७ घाइते

बाराको कोल्हवी- ३ मा हावाहुरीले ढालेको रुख सडकमा गुडिरहेको अटोमा बज्रिँएको छ।


नेपालखबर
जेठ ३, २०८२ शनिबार ६:१, काठमाडौँ

हावाहुरीले ढालेको रुखले लागेर नवलपरासी र कैलालीमा तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ मा शुक्रबार साँझ आएको हावाहुरीले रुख ढाल्दा ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए।

हावाहुरीसहित आएको पानीबाट जोगिन सडक किनारमा रहेको प्रतिक्षालयमा ओत लागेको बेला रुख भाँचिएर बज्रिँदा उनीहरुको मृत्यु भएको हो।

उक्त घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरि कैलालीमा पनि हावाहुरीका कारण रुख ढल्दा एक शिक्षकको मृत्यु भएको छ। 

हावाहुरीले रुख ढल्दा राष्ट्रिय कलेज सुखडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

बाराको कोल्हवी ३ मा हावाहुरीले ढालेको रुख सडकमा गुडिरहेको अटोमा बज्रिँदा स्थानीय सिकेन्द्र चौधरी घाइते भएका छन्। सर्लाहीमा पनि हावाहुरीले धेरै घरका छाना उडाउनुका साथै आँप, लिचीसहितका फलफूल बालीमा पनि क्षति गरेको छ।

हावाहुरीले नवलपरासी, कैलाली, बारामा कञ्चनपुर, सर्लाही, चितवन , उदयपुर, सिराहा लगायतका जिल्लामा क्षति गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad