समाज


आज देशका‍ यी स्थानमा वर्षा, हिमपात र हुरीको सम्भावना

आज देशका‍ यी स्थानमा वर्षा, हिमपात र हुरीको सम्भावना

फाइल तस्बिर : कञ्चनपुरमा हुरीले ढालेको रुख


नेपालखबर
जेठ ३, २०८२ शनिबार ६:३१, काठमाडौँ

आगामी २४ घण्टा अर्थात् आइतबार बिहान ६ बजेसम्म देशभर मौसम कहाँ कस्तो होला, वर्षा, हिमपात र हुरीको सम्भावना कस्तो छ भन्ने विषयमा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे बुलेटिन जारी गरेको छ। 

जसअनुसार आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

अनि आज दिनमा कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ। साथै मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हुरीको समेत सम्भानवा रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

त्यस क्रममा कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हुरीको समेत सम्भानवा छ।

मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। सोही कारण नेपालमा मौसम बदली, वर्षा, हिमपात तथा हुरीको सम्भावना देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad