समाज


उपप्रधानमन्त्री प्रकाशमानकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

उपप्रधानमन्त्री प्रकाशमानकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार २०:३४, काठमाडौँ

उप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध बालमन्दीरको जग्गा हिनामिनामा मुद्दा चल्ने भएको छ।

महान्यायाधिवक्ता रमेश बडालले सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेका महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले नेपालखबरलाई बताए।

यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा चलाउन नपर्ने रायसहित उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा फायल पेश गरेको थियो। तर महान्यायाधिवक्ताले फायल अध्ययनपछि मुद्दा चल्ने निर्णय गरेका हुन्।

महान्यायाधिवक्ताको निर्णयसँगै अब जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरेर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ। यसअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ।

रीता सिंह बाल संगठनको अध्यक्ष भएकै बेला जग्गा लिजमा दिने निर्णय भएको थियो। नक्सालस्थित बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई दिँदा संस्थालाई हानि नोक्सानी पुर्‍याएको आरोप छ। 

अनुसन्धानका क्रममा अदालतले सिंहसहित २० जनालाई पक्राउ गर्न अनुमति दिएको थियो। तर ती मध्ये १७ जनाविरुद्ध मुद्दा चल्ने भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad