ग्लोबल


बुधबार पाकिस्तान सीमानजिकै हवाई अभ्यास गर्दै भारतीय वायुसेना

बुधबार पाकिस्तान सीमानजिकै हवाई अभ्यास गर्दै भारतीय वायुसेना

भारतीय वायुसेना


नेपालखबर
बैशाख २३, २०८२ मंगलबार २०:४१, काठमाडौँ

भारतीय वायुसेनाले बुधबार मे ७ देखि भारत-पाकिस्तान सीमाका मरुभूमि क्षेत्र र वरपरका क्षेत्रमा अभ्यास गर्ने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यस अभ्यासमा राफेल, मिराज २००० र सुखोई-३० लगायत सबै अग्रपंक्तिका विमानले भाग लिनेछन्। यस सम्बन्धमा भारतले नोटम जारी गरेको छ।

भारतको गृह मन्त्रालयले सोमबार सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई पत्र पठाएको छ। जसमा मे ७ (बुधबार) का दिन उनीहरूलाई मोक ड्रिल (अभ्यास) गर्न भनिएको छ ताकि कुनै पनि शत्रु देशले आक्रमण गरेमा पूर्ण तयारीका साथ रहन सकियोस्। 

पहलगाम आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तनावलाई ध्यानमा राख्दै यो कदम चालिएको हो।

मोक ड्रिलमा के के हुनेछ?
- हवाई आक्रमणको चेतावनी दिने साइरन अभ्यास
- नागरिकलाई सिभिल डिफेन्स (आत्मरक्षा) को तालिम
- ब्ल्याकआउट (बिजुली बन्द गर्ने) व्यवस्था 
- महत्त्वपूर्ण स्थान लुकाउने तयारी
- उद्धार योजना अद्यावधिक र अभ्यास 

कहाँ कहाँ हुनेछ अभ्यास ?
भारतीय गृह मन्त्रालयका अनुसार यो अभ्यास देशका २४४ सिभिल डिफेन्स जिल्लामा सञ्चालन हुनेछ। पत्रमा यो अभ्यास गाउँस्तरमा सञ्चालन गरिने उल्लेख छ। यसको उद्देश्य सबै राज्य र केन्द्र शासित प्रदेशमा नागरिक रक्षा प्रणालीको तयारीको मूल्यांकन र सुधार गर्नु हो।

अभ्यासमा को-को सहभागी हुनेछन्?
पत्रमा जिल्ला अधिकारीहरू, सिभिल डिफेन्स वार्डन तथा स्वयंसेवक, होमगार्ड (सक्रिय तथा आरक्षित ), एनसीसी, एनएसएस, एनवाईकेएसका सदस्य र स्कुल-कलेजका विद्यार्थी अभ्यासमा सक्रिय रूपमा सहभागी हुने उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad