नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोलाई महोत्तरीको बर्दिवास नगरपालिका–१३ स्थित जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक भरतप्रसाद यादवले दुर्व्यवहार गरेकोका छन्।
वैशाख १९ गते शुक्रबार अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ सम्वाददाता तथा द पब्लिक टुडे दैनिकका सम्पादकसमेत रहेका महतोलाई यादवले विद्यालय परिसरमै ‘तिमी स्कुलको लागि घातक हौ’ भन्दै दुर्व्यवहार गरेको महासंघ महोत्तरी शाखाले जनाएको छ।
नेपाल पत्रकार महासंघले ‘जुनसुकै वहानामा भए पनि पत्रकारमाथि यस किसिमको व्यवहार हुनु अत्यन्त निन्दनीय र खेदजनक छ’ भन्दै ‘संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिनेतर्फ विशेष ध्यान दिन स्थानीय प्रशासनसँग माग’ गरेको छ।
294
Shares

प्रतिक्रिया