भारतीय राज्य ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) कलेजमा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको घटना छानबिनका लागि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले अनुसन्धान समिति गठन गरेको छ।
भारतीय पत्रिका अमरउजालाका अनुसार समितिलाई १० दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन समय तोकिएको छ।
केआईआईटी अर्थात् किट कलेजको होस्टलमा बिहीबार राति २० वर्षीया प्रिसा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि फेब्रुअरी १६ मात्र नेपाली विद्यार्थी नै प्रकृति लम्साल पनि त्यही कलेजमा मृत भेटिएकी थिइन्।
‘यूजीसीले भुवनेश्वरको केआईआईटीमा विद्यार्थी आत्महत्याका घटना अनुसन्धान गर्न र भविष्यमा यस्ता घटना रोक्ने उपायबारे सुझाव दिन इग्नुका पूर्वउपकुलपति प्रोफेसर नागेश्वर रावको नेतृत्वमा तथ्य छानबिन समिति गठन गरेको छ’, यूजीसी सचिव मनीष जोशीले भने।
Shares

प्रतिक्रिया