समाज


स्रोत नखुलेको ४३ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

स्रोत नखुलेको ४३ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

नेपालखबर
बैशाख १४, २०८२ आइतबार २०:१९, काठमाडौँ

कपिलवस्तु प्रहरीले स्रोत नखुलेको ४२ लाख ९० हजार ४४४ सहित एकजनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्ने शिवा पटवा भन्ने आशिष कुमारलाई सो रकमसहित पक्राउ गरेको हो।

स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ रहेको भन्ने गोप्य सूचनाको आधारमा भारतको बलरामपुर जिल्ला तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल तुल्सीपुर बस्ने वर्ष अन्दाजी २२ को शिवा पटवा भन्ने आशिष कुमार शंकास्पद अवस्थामा फेला परेका थिए।

उनको शरीर र उनी भाडामा बस्दै आएको कोठामा खानतलासी गर्दा नेपाली रुपैयाँ ४२ लाख ६३ हजार नौ सय रुपैयाँका नोटहरू तथा भारतीय रुपैयाँ २६ हजार ५४४ का नोटहरू गरी कुल रकम ४२ लाख ९० हजार ४४४ रुपैयाँ र रुपैया गन्ने मेसिन थान१ बरामद गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad