संक्रमणकालीन न्याय टुंग्याउने दुई आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिले आयोग पदाधिकारीकाका लागि ३४ जनाको नाम सार्वजनिक गरेको छ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले १११ जना आवेदकमध्येबाट ३४ जनाको नामावली सार्वजनिक गरेको हो।
संक्षिप्त सूचीमा परेका उम्मेदवारहरू अग्निप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लीलादेवी गडतौला, विजय सिंह सिंजापति, विश्वराज कोइरालालगायत छन्।
यस्तै, शेरबहादुर केसी, कविता पाँडे, कुमारी कौशल्या ओझा, कुलप्रसाद शर्मा, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद सुवेदी र गोपाल नाथ योगी पनि संक्षिप्त सूचीमा छन्।
गोपाल प्रसाद लम्साल, टीकाप्रसाद ढकाल, नरेन्द्र कुमार केसी, नवल किशोर यादव, नागेन्द्र लाल कर्ण, पदम बहादुर शाही, ब्रहमदेव राय यादव, डा. श्री मान बहादुर विश्वकर्मा, राजु प्रसाद चापागाई, राम कुमार आचार्य, रामकान्त तिवारी र रेश्मा थापा पनि सूचीमा परेका छन्।
विनिता नेपाली, विनोद मोहन आचार्य, वीरेन्द्रप्रसाद थपलिया, शोभाकर बुढाथोकी, सृजना पोखरेल, सन्तोष बाबु सिग्देल, सुबोधराज प्याकुरेल र हेमराज सुवेदी पनि संक्रमणकालीन न्यायका संयन्त्रहरूमा पदाधिकारीको सम्भावित सूचीमा रहेका छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिको लागि गठित समितिको २०८२/०१/१४ गतेको निर्णयअनुसार प्राप्त आवेदनहरूमध्ये यो सूची तय गरिएको सिफारिस समितिले जनाएको छ।
सूचनामा नाम समावेश भएका व्यक्तिहरूको बारेमा कसैको कुनै प्रतिक्रिया भए यही वैशाख २० गते भित्र प्रमाणसहित समितिको सचिवालय (कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय) मा पुग्ने गरी पठाउन पनि समितिले भनेको छ।
हेर्नुहोस् नामावली:
Shares

प्रतिक्रिया