समाज


मलामी जाँदा भेरीमा पौडी खेल्दा बेपत्ता गोविन्दको शव भेटियो

मलामी जाँदा भेरीमा पौडी खेल्दा बेपत्ता गोविन्दको शव भेटियो

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १५:२५, काठमाडौँ

भेरी नदीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका सुर्खेत सिम्ता गाउँपालिका-४ का गोविन्द पोख्रेलको शव फेला परेको छश्र  
पोख्रेल बुधबार दिउँसो पौडी खेल्नेक्रममा भेरी नदीमा बेपत्ता भएका थिए। उनी बेपत्ता भएपछि सशस्त्र प्रहरीका गोताखोरले खोजी सुरु गरेका थिए। 

आज बिहीबार उनको शव भेरी नदीमा ५० फिट गहिराइबाट सशस्त्र प्रहरीका गोताखोरले निकालेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

५८ वर्षका पोख्रेल बेपत्ता भएको खबर पाएलगत्तै खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरि बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोर सहितको सुरक्षाफौज खटिएको थियो।  

पोख्रेल मलामी गएको बेला पौडी खेल्न भेरीमा पसेका थिए। सोहीक्रममा उनी बेपत्ता भएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad