समाज


दुर्गा प्रसाई र रवीन्द्र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाई र रवीन्द्र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १९:५७, काठमाडौँ

जिल्ला अदालत काठमाडौँले तीनकुने घटनाका आरोपी २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई र मिश्र नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो।

उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन्। ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad