खेल


धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा, उपाधि भिडन्त ललितपुरसँग

धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा, उपाधि भिडन्त ललितपुरसँग

तस्बिर: सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख १०, २०८२ बुधबार २०:१६, काठमाडौँ

स्टेफन समिर विनोङको निर्णायक गोलमा धनगढी एफसीलाई पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। 

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको दोस्रो क्वालिफायरमा धनगढीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको हो। 

स्टेफन विनोङको निर्णायक गोलमा पोखरा फाइनलमा पुगेको हो। अतिरिक्त समयको तेस्रो मिनेटमा विनोङले निर्णायक गोल गरेका हुन्। 
पोखराले अब उपाधिका लागि ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ। 

एलिमिनेटर खेलमा पोखराले चितवनलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान बनाएको थियो। धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad