समाज


पहिरो पन्छाएपछि नारायणगढ-बुटवल सडकमा दुईतर्फी गाडी चल्न थाले

पहिरो पन्छाएपछि नारायणगढ-बुटवल सडकमा दुईतर्फी गाडी चल्न थाले

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८२ बुधबार ७:५१, काठमाडौँ

सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक खण्डमा दुईतर्फी गाडी चल्न थालेका छन्।

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने क्षेत्रमा मंगलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडकमा बुधबार बिहानदेखि दुईतर्फी नै गाडी सञ्चालनमा आएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए। 

हाल दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad