जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा कम्तीमा २७ जना मारिएपछि भारतको राजधानी दिल्लीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीका अधिकारीहरूले सावधानीका लागि सुरक्षा व्यवस्था बलियो बनाइएको बताएका छन्।
आक्रमणपछि दिल्ली प्रहरीले सहरभर सुरक्षा व्यवस्था बढाएको छ।
मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा एक नेपालीसमेत कम्तीमा २७ जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त हमलाकै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबियाको भ्रमण छोट्याएर मंगलबार राति नै स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री मोदीले केही समयपछि हुने सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) बैठकमा भाग लिने बताइएको छ।
492
Shares

प्रतिक्रिया