समाज


धार्मिक पर्यटकका लागि भक्तपुरकाे कलममसी आकर्षक गन्तव्य बन्नसक्छ: उपप्रधानमन्त्री सिंह

धार्मिक पर्यटकका लागि भक्तपुरकाे कलममसी आकर्षक गन्तव्य बन्नसक्छ: उपप्रधानमन्त्री सिंह

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १७:५६, काठमाडौँ

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नगरकोट नजिककाे कलममसी धार्मिक पर्यटनका लागि  आकर्षक गन्तव्य बन्न सक्ने बताएका छन्। मंगलबार चाँगुनारायण नगरपालिकाको कलममसीमा सुरु भएको शिवपुराण महायज्ञ उद्घाटन समारोहमा सम्बोधन गर्दै उहाँले  कलममसी क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताएका हुन्। अहिले नगरकोट भ्रमण वर्ष प्रारम्भ भएकाे भन्दै महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास पनि सिंहले व्यक्त गरे। 

१ सय ८ फिटको शिवजीको प्रतिमा बनाउने लक्ष्यका साथ कलममसीमा आजबाट शिवपुराण महायज्ञ सुरु भएको छ। करिब ७ वर्षअगाडी आफैले शिलान्यास गरेको साे स्थानमा भइरहेको महायज्ञमा सहभागी हुन पाउँदा  खुसी व्यक्त गर्दै सिंहले लक्ष्यअनुसार काम सम्पन्न गर्न आफूले सकेको सहयोग गर्ने पनि बताए। 

 ‘यो ठाउँ पनि ऐतिहासिक छ। अत्यन्त राम्रो स्थान पनि भएकाले ज्ञान प्राप्त गर्न र ध्यानका लागि उचित थलो हो,’ उनले भने,‘ १०८ फिटको शिवजीको प्रतिमा त बन्छ नै। काठमाडौँमा आउने पर्यटकलाई मन भुलाउन सक्ने। ध्यान गर्न सक्ने थलाेका रूपमा यसलाई विकसित गर्नुपर्छ । तीनै तहको सरकार र भक्तजन मिलेर यो कार्यलाई फत्ते गर्न लाग्नुपर्छ ।’

उनले काठमाडौं आउने पर्यटकका लागि ध्यान गर्नका लागि कलममसीमा बन्दै गरेको मन्दिर र पार्क राम्रो गन्तव्य बन्नसक्ने बताए। 
आजबाट सुरु भएको शिव पुराण ज्ञान महायज्ञ १३ दिनसम्म चल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad