काभ्रेपलाञ्चोकमा टिपरको ठक्करबाट बालिकाको ज्यान गएको छ।
चैत २ गते दिउँसो पाँचखाल नगरपालिका– ३ चापेपिपलबोट स्थित भित्री सडक खण्डमा रबिओपीबाट पाँचखालतर्फ आउँदै गरेको बाप्र ०१–००४ क १८४५ नं. को टिपरले सोही ठाउँका पैदलयात्री शक्ति परियारकी छोरी आरिका परियारलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएकी आरिकालाई तत्काल उपचारको लागि पाँचखाल पोलिक्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल पठाईएकोमा अपरान्ह डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
132
Shares

प्रतिक्रिया