समाज


वीरगन्जमा कर्फ्यु लगाउने तयारी

वीरगन्जमा कर्फ्यु लगाउने तयारी

नेपालखबर
चैत ३०, २०८१ शनिबार १८:४९, काठमाडौँ

पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि कर्फ्यु लगाउने तयारी भएको छ। 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साँझ ७ बजेदेखि कर्फू लगाउने तयारी गरेको नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘यहाँको अवस्था तनावपूर्ण छ। साँझ ७ बजेदेखि कर्फ्यु लगाउने तयारीमा गरिरहेका छौं।’

शनिबार दिउँसो ५ बजेतिर शोभायात्रामा निस्केको समूहमाथि  वीरगञ्जको श्रीराम हलस्थित जामा मस्जिदबाट एक्कासी ढुंगा प्रहार गरेकोले दुवै पक्षबीच झडप सिर्जना भएको थियो।

प्रहरीका अनुसार झडपमा  मोटरसाइकल र पसलको फ्रिज बाहिर निकालेर आगजनी भएको थियो।

झडप नियन्त्रण गर्न प्रहरीले  ५ सेल अश्रुग्यास प्रहार गरेको थियो। त्यस्तै प्रहरीले पानीको फोहरा हानी भीड तितर वितर पारेकोबताएको थियो।

झडपमा ८ जना घाईते भएको र ३ जनालाई उपचारको लागि नारायणी क्षेत्रीय अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad