समाज


बालाजु औद्योगिक क्षेत्रमा आगलागी (तस्बिरहरू)

बालाजु औद्योगिक क्षेत्रमा आगलागी (तस्बिरहरू)

सरोज नेपाल
चैत ३०, २०८१ शनिबार १८:५४, काठमाडौँ

काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ। 

आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

गोदावरी प्रिन्टिङ प्रेसको आगो नियन्त्रणमा
यसैबीच, बालाजु औद्योगिक क्षेत्रको गोदावरी प्रीन्टिङको आगलागी  नियन्त्रणमा आएको छ। 

सेना, प्रहरी , महानगरपालिका र सशस्त्रको १० वटा दमकल को प्रयासपछि आगो नियन्त्रणमा आएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad