समाज


अस्पतालबाट सुई लगाएर फर्केकी गर्भवतीको मृत्यु

अस्पतालबाट सुई लगाएर फर्केकी गर्भवतीको मृत्यु

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ९:५२,

पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा गएकी भिमाद नगरपालिका–९ की ३४ वर्षीया थमनकुमारी आलेको मृत्यु भएको छ।

बिहीबार साँझ अस्पताल पुगेकी आलेलाई ग्याष्ट्रिक भएको भन्दै सुई लगाएर फर्काइएको थियो। तीन महिनाकी गर्भवती आलेकोे घर फर्केलगत्तै राति पुनः स्वास्थ्यमा समस्या आएपछि पोखरा लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो।

अस्पतालको चरम लापरवाही भएका कारण महिलाको ज्यान गएको भिमाद नगरपालिका ९ का वडाध्यक्ष इमानबहादुर थापाले आरोप लगाए। महिला नाताले वडाध्यक्ष थापाकी भाइबुहारी हुन्।

देशमा लकडाउनको समय भएकाले अहिले कुनै विरोध नगरी सहज परिस्थिति भएपछि यस्ता घटना आउँदा दिनमा नदोहोरियोस् भनी अस्पताल प्रशासनमा छलफल गर्ने गरी शव दाहसंस्कारका लागि तयारी गरिएको वडाध्यक्ष थापाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad