कारोबार


आईएमई पेले ल्यायो ‘चार गुणा सशक्त’ नयाँ योजना, यस्ता छन् फाइदाहरु

आईएमई पेले ल्यायो ‘चार गुणा सशक्त’ नयाँ योजना, यस्ता छन् फाइदाहरु

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ९:४८,

आईएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप ‘आइएमई पे’मार्फत ‘चार गुण सशक्त’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ।

हालका लागि ‘आइएमई पे’ मोबाइल वालेट खातामा विभिन्न सुविधा समेत दिएको कम्पनीले जनाएको छ।

आईएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरी ४ प्रतिशत ब्याज पाउने कम्पनीको भनाइ छ। यसका लागि सेवाग्राहीहरुले वालेटमा १ हजार रुपैयाँ न्यूनतम ब्यालेन्स राख्नुपर्नेछ।

अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिट्यान्स थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्नेछन्। देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिने पनि कम्पनीको भनाइ छ।

यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ। बैंकबाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क नलाग्ने जनाइएको छ। आइएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्नेछन्।

टपअप
उक्त योजनाअनुसार, आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यसब्यक प्रदान गर्नेछ्र। हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन्।

रिवार्ड
योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउनेछन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ ।

क्यास आउटको सुविधा
कम्पनीले सेवाग्राहीहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एपमार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरी सजिलो, भरपर्दो र छरितो सेवा लिनसक्ने सुविधा ल्याएको छ। देशको स्थिति सामान्य हुदै गएपछि नगदको आवश्यकता परेमा देसभारिका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम निशुल्क निकाल्न पनि सकिन्छ। यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पुरा गर्न सहयोग पग्ने विश्वास छ ।

 

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad