समाज


एसईई: जनकपुरमा अंग्रेजी विषयको प्रश्नपत्र १ घण्टामै ‘आउट’

मधेस प्रदेशका शिक्षा निर्देशक भन्छन्- मैले पनि सुनेकाे छु, छानविन हुन्छ
एसईई: जनकपुरमा अंग्रेजी विषयको प्रश्नपत्र १ घण्टामै  ‘आउट’

शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका निर्देशक ठूलोबाबु दाहाल


नेपालखबर
चैत ७, २०८१ बिहिबार ११:२२, काठमाडौँ

एसईई सुरु भएको एकघण्टा नबित्दै जनकपुरको एक परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ।

एसईईको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा सकिएको छ। जनकपुरमा अंग्रेजी विषयको प्रश्नपत्र एक घण्टामै सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएपछि स्थानीय प्रशासनले यस विषयमा छानविन थालेको छ। 

शिक्षा विकास निर्देशनालय, मधेस प्रदेश जनकपुरका निर्देशक ठूलोबाबु दाहालले आफूलाई पनि प्रश्नपत्र बाहिरिएको विषय भर्खरै जानकारीमा आएको बताए। 

‘जनकपुरबाट प्रश्नपत्र बाहिरिएको भन्ने विषय मैले पनि भर्खरै सुनेँ,’ निर्देशक दाहालले नेपालखबरसँग भने, ‘परीक्षा केन्द्रमा मोबाइल लैजान प्रतिवबन्ध गरिएको छ। परीक्षा व्यवस्थापनको सबै जिम्मेवारी जिल्ला शिक्षा समन्वय इकाइँ र परीक्षा समन्वय समितिलाई छ। के भएको हो, हामी पनि छानविन गर्छौं।’

जनकपुरको एउटा परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको भएको भनिए पनि कुन केन्द्रबाट बाहिरिएको हो खुलिसकेको छैन। केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad